काठमाडौं । धनुषामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । तिनकौरीया चोकको पान पसलमा लागेको आगोको विषयमा धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो ।
झडपमा २ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेले लोकपथलाई जानकारी दिए ।
‘आगलागी भएपछि स्थानीयहरुले नगरपालिकाको सीसी क्यामरा हेर्न खोज्नुभएछ । सीसी क्यामरा नचलेको अवस्थामा भएको देखेपछि स्थानीयहरुले सीसी क्यामरा ठीक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गर्नुभएको हो । हामीले स्थीति नियन्त्रणमा लिन ८ राउन्ड अश्रुग्याँस प्रहार गर्यौँ’, एसपी रजौरेले भने ।
पान पसलमा कसैले आगजनी गरेको आशंका स्थानीयले गरेका छन् । आगो कसरी लाग्यो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया