१३ चैत्र २०७९, सोमवार

गल्कोट महोत्सवमा एक करोडको कारोबार

२०७४,आश्विन,२७,शुक्रवार ०६:३२

0
Shares

गुल्मी, २७ असोज ।बागलुङको गल्कोटमा सञ्चालन भएको प्रथम गल्कोट सांस्कृतिक महोत्सवमा हजारौँले महोत्सवको अवलोकन गरेका छन् ।यही असोज १८ देखि सञ्चालन भएको सांस्कृतिक महोत्सवको नौँ दिनसम्म झण्डै १८ हजार मानिसले महोत्सवको अवलोकन गरेको प्रथम गल्कोट सांस्कृतिक महोत्सव व्यवस्थापन समितिका अध्यक्ष हर्क पाण्डेले जानकारी दिए ।साथै, महोत्सवमा सञ्चालित भएका होटल व्यवसायी, झुला पिङ, फलफूल, ६८ स्टलका फेन्सी, कपडा पसल, मोबाइललगायत गरी महोत्सवको नौँ दिनसम्म झण्डै रु एक करोड कारोबार भएको अनुमान गरिएको महोत्सव व्यवस्थापन समतिका अध्यक्ष पाण्डेले जानकारी दिए ।समग्र गल्कोट क्षेत्रको पर्यटन तथा कला संस्कृति प्रचारपसार प्रवद्र्धनका लागि प्रथम गल्कोट महोत्सव केन्द्रित रहेको समेत महोत्सव व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले जानकारी दिए ।सांस्कृतिक महोत्सवमा प्रथम गल्कोट डान्स आइडल, खुल्ला लोकदोहोरी प्रतियोगिता, महिला रत्यौली गीत तथा नृत्य, खुल्ला भलिबल प्रतियोगिता राष्ट्रिय तथा स्थानीय कलाकार प्रस्तुति, हास्य व्यंग्ङ्य र बाल मनोरञ्जन, गल्कोटका सांस्कृतिक झाँकी, सर्वाधिक सस्तो बजारलगायत महोत्सवका मुख्य आकर्षण रहेका हिमालयन म्यूजिकल इमेन्ट म्यानेजमेन्ट प्रालिका सचिव मोहन केसीले जानकारी दिए ।विशेषगरी महोत्सव पर्यटन क्षेत्रको प्रवद्र्धन र प्राकृतिक प्रकोपबाट पीडितको सहयोगार्थ गरिएको प्रालिका सचिव केसीले जानकारी दिए ।महोत्सवमा केही कार्यक्रम समयभित्र सक्न प्राविधिक समस्या भएको हुँदा महोत्सवलाई दुई दिन लम्बाएर असोज ३० गतेसम्म सञ्चालन हुने हिमालयन म्यूजिकल इभन्ट म्यानेजमेन्ट प्रालिका सचिव मोहन केसीले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०६:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै

रसुवा । रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र

सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६