लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश

लोकपथ
196
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजयकुमार यादव कांग्रेसमा प्रवेश गरेका छन् ।

आइतबार नेता यादव पार्टी कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी कार्यालय सानेपामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशपछि नेता यादलवले कांग्रेसले नै लोकतन्त्रलाई स्थायीत्व दिने भएकाले आफू कांग्रेसमा प्रवेश गरेका उनले बताएका छन् ।

‘नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएकोले काग्रेस प्रवेश गरेको हुँ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?