सत्यराज आचार्यको ‘सिन्को नभाँची’– एउटा मार्मिक भाव

लोकपथ
3.5k
Shares

काठमाडाैं । गायक सत्यराज आचार्यको आवाजमा ‘सिन्को नभाँची’ सार्वजनिक भएको छ । आरके शर्माको शब्द र आरसी थापाको संगीत रहेको गीत ‘सत्यस्वरुप’ युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो ।

सिन्को पनि भाँच्न नदिएर पुल्पुल्याएर राखेकी आफ्नी छोरीले आमाबुबाको इच्छाविपरीत भागेर विवाह गरिदिएपछि उत्पन्न हुने एउटा दुःखद भावनालार्ई गीतमा समेटिएको छ । आफूभन्दा धेरै माया गरी हुर्काएका सन्तानले मुटु नै रेटेर जाँदाको आमाबुबामा उत्पन्न हुने भाव प्रस्तुत भएको गीत हेर्दा कतिपय ठाउँमा आँखा नै रसाउँछन् ।

आफ्ना सन्तानप्रति बाबुआमाले देखेको सपना अनि तिनै सन्तानले त्यो सपना कुल्चिदिँदा बाबुआमाको मनमा उत्पन्न हुने भावलाई भिडियोमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

भिडियोमा लोकेन्द्र लेखक, कमला रेग्मी, रचना गौतम, सागर दाहाल, रामप्रसाद हुमागाइँ, सानु खड्का, सरस्वति श्रेष्ठ र बाल कलाकारमा सरगमराज आचार्य, संगीतराज आचार्य अनि कभेरी बस्नेतलाई देख्न सकिन्छ ।

रिकेश गुरूङकाे संगीतसंयाेजन रहेकाे गीतकाे भिडियो निर्देशन गायक सत्यराज आचार्यले गरेका हुन् ।

हरि हुमागाईँले खिचेकाे भिडियाेलाई हुन् भने विकास धमलाले सम्पादन गरेका हुन् ।

भिडियाे हेर्नुहाेस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?