अाजदेखि ३ दिनसम्म लगातार पानी पर्ने, पूर्वी र पश्चिमी भागमा भारी बर्षा

काठमाडाैं : मनसुनी बादलको प्रवाह र माैसममा भर्इरहेको तीब्र बदलीका कारण नेपालको पूर्वी र पश्चिमी क्षेत्रहरूमा अाज दिउँसो र रातभर भीषण बर्षा हुनसक्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पछिल्लो माैसम बदलीका कारण बिहिबारसम्म मुलुकभर पानी परिररहने विभागले जनाएको छ । 

माैसम बदलीका कारण हाल पानी परिरहेको र केही स्थानमा ठूलो पानी पर्नसक्ने महाशाखाले जनाएको छ । भूकम्पका कारण कमजोर बनेको पहाडी क्षेत्र र नदी किनारमा बसोबास गर्ने स्थानीयलार्इ सतर्कता अपनाउन पनि महाशाखाले अाग्रह गरेको छ । 
 
तत्काल पानी पर्न रोकिएपनि माैसम बदलीका कारण तत्काल माैसम खुल्ने सम्भावना नरहेकाले भिरालो जमिन र नदी अासपासमा सतर्कता अपनाउनुपर्ने माैसमविद्हरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?