काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सुरु भएको छ । शुक्रबारदेखि जारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्याह्न करिब साढे १२ बजे बैठक सुरु भएको हो । बैठक स्थानीय तह निर्वाचनमा केन्द्रित हुनेछ ।
बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुनेछ । अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिँदा केहीले गठबन्धनबिना निर्वाचनमा जानुपर्ने बताएका थिए ।गठबन्धनबिना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू पार्टीका अर्का नेता डा. शेखर कोइराला पक्षीय हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया