चिनियाँ विदेशमन्त्री यीले भेटे ओली

लोकपथ
0
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका छिमेकी राष्ट्र चीनका विदेशमन्त्री वाङ यी र पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटघाट गरेका छन् ।

आइतबार दिउँसो चिनियाँ विदेशमन्त्री यीले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग काठमाडौंको मेरियट होटलमा भेटघाट गरेका हुन् । भेटका क्रममा दुई देशको सम्बन्धका विषयमा छलफल भएको बुझिएको छ । भेटघाटमा ओलीसहित एमालेका शीर्ष नेताहरुको समेत भेटघाट रहेको थियो ।

ओलीसँगको भेटपछि यीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका यीले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत भेटघाट गर्नेछन् ।

तीनदिने नेपाल भ्रमणका लागि शुक्रबार अपरान्ह नेपाल अवतरण भएका यी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?