काठमाडौँ – दुई महिनाअघि नेपाल ट्रस्टको कार्यालयले ताहाचलस्थित छाउनी मार्गमा रहेको १५ रोपनी जग्गा खाली गर्न पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई पत्राचार गर्यो । सर्वोच्च अदालतको फैसलाअनुसार ट्रस्टको नाम रहेको ‘विजयाघर’ सहितको जग्गा खाली गर्न ३५ दिने सूचना जारी गर्यो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
तर, लामो समय बितिसक्दा पनि प्रेरणाले फैसला स्वीकार गरेकी छैनन् । उनले घरजग्गा बुबाले दाइजो दिएको भन्दै छाड्न अटेरी गर्दै आएकी छन् ।
अदालतले २०७३ पुस २९ गते राजसंस्थाको सम्पत्ति राष्ट्र हितविपरीत व्यक्तिगत रूपमा आफूखुसी दान, बकस, दाइजो, पेवा, राजीनामा दिन वा कुनै पनि किसिमबाट हस्तान्तरण गर्न नहुने फैसला गरेको थियो । त्यसैगरी सार्वजनिक सम्पत्ति कसैका नाममा दाइजो दिन नपाइने भन्दै त्यस्ता जग्गा ट्रस्टका नाममा ल्याउन निर्देशनात्मक आदेश दिएको थियो । उक्त विजयाघर स्वर्गीय राजा वीरेन्द्रले उपयोग गर्दै आएका थिए ।
मुलुकभर रहेका ट्रस्टका जग्गाको खोजतलास अघि बढाइएको भए पनि यी जग्गाको कसरी सदुपयोग गर्ने भन्ने ठोस निर्णय हुन नसकेको ट्रस्टकै अधिकारीहरू बताउँछन् । ‘प्रशस्त अचल सम्पत्ति छ, सदुपयोग हुन सकेन, जसले सक्यो उसैले उपभोग गर्न थालेका छन् ।
राजधानी तथा मुलुकका अन्य सहरमा रहेको जग्गा भाडा लगाए पनि उचित मूल्यांकन हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया