काठमाडौ । सर्वोच्च अदालतमा हाजिर भएलगत्तै फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेललाई आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका उनलाई चितवन जिल्ला अदालतले ४ वैशाख २०७१ धरौटीमा छाडेको थियो । पुनरावेदन अदालत हेटौँडाले सदर गरे पनि उक्त आदेशलाई सर्वोच्चले बदर गरेको थियो । सर्वोच्च अदालतले २०७२ साल पौष ६ गते छविलाललाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्नु भनेर आदेश दिए पनि छविलाल त्यसपछि बेपत्ता भएका थिए । छबिलालबाहेक अरुले तारेख धाइरहेका छन् ।
न्यायका लागि अनसन बस्दा मृत्यू भएका गोरखा फुजेल–७ का नन्दप्रसाद अधिकारीको शव ४५ महिनादेखि टिचिङ अस्पतालमा अलपत्र छ । कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै काठमाडौंको वीर अस्पतालमा अनसन बसिरहेका बेला ३ सय २९ दिनमा २०७१ असोज ६ गते नन्दप्रसादको निधन भएको हो ।
नन्दप्रसादकी श्रीमती गंगामाया भने अस्पतालमै अनसनरत छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया