अन्य पार्टीसँग कांग्रेसको तुलना हुन सक्दैन : नेता सिंह

लोकपथ
169
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनका लागि नेपाली कांग्रेसको काम अतुलनीय भएका भन्दै अन्य पार्टीसँग कांग्रेसको तुलना हुन नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंको नयाँ बानेश्वरमा आजोजित पार्टीको अभियान अन्तर्गतको कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् ।

वर्तमान सत्ता गठबन्धन कांग्रेसको चाहना नभइ मुलुकको बाध्यातामक अवस्थाको कारण बनेको भन्दै संविधान र लोकतन्त्रमाथि प्रहार भयपछि परिस्थितिलाई समालेर संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानू पर्ने बाध्यता कांग्रेसलाई आई परेकाले बनेको कुरा बिर्सन नहुने समेत बताए ।

त्यसैगरी स्थानीय निर्वाचनका सम्बन्धमा कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्तत निर्णय लिने बताए। पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानू पर्ने समेत बताए।

कांग्रेस सबै कमिटीहरुले उम्मेदवार सिफारिस गर्दा विधानको परिधिभित्र रहेर गर्न समेत आग्रह गरेका छन्। टिकटका लागि सबैले प्रयास गर्न पाउने तर जस्ले पाउछ त्यो पार्टीको उम्मेदवार हुने भयकाले सबै एकढिक्का भएर जिताउन लाग्नु पर्ने समेत बताए।

साथै वर्तमान सरकारको मुख्य दाइत्व भनेकै संविधानलाई ट्रयाकमा ल्याउन र संविधान र कानुन बमोजिम समय सीमाभित्र निर्वाचन गराउने मुख्य अभिभारा रहेकाले सरकार तोकिएकै समयमा निर्वाचन गराउन लागरहेको अब मुलुकको ध्यान निर्वाचन केन्द्रित भैसके समेत बताए ।

त्यसैगरी नेपाली नागरिकले विगतमा अवसर पाउँदा कुन दलले कस्तो काम गरे त्यस को मुल्यांकन गर्ने बेला आएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?