समाजवादी प्रेस संगठनको बैठकमा दुई प्रस्ताव पारित

लोकपथ
112
Shares

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको जारी केन्द्रीय विस्तारित बैठकमा वरिष्ठ पत्रकार श्याम रिमालले स्थानीय निर्वाचन केन्द्रित सञ्चार रणनीतिसम्बन्धी प्रस्ताव पेस गर्दैछन् ।

पेस भएपछि प्रस्तावमाथि छलफल हुने र आजै पारित हुने उपाध्यक्ष शान्तराम बिडारीले जानकारी दिए । यसअघि शनिबार महासचिव भूपराज खड्काले पेस गरेको संगठनको विधानसम्बन्धी प्रस्ताव पारित भएको छ ।

अध्यक्ष, आठ उपाध्यक्ष, महासचिवलगायत पदाधिकारी सम्मिलित १५१ सदस्यीय केन्द्रीय समिति हुने प्रावधानसहितको विधान पारित भएको हो ।

शनिबार नै वरिष्ठ पत्रकार टंक पन्तले प्रस्तुत गरेको श्रमजीवी पत्रकारको सेवा सुविधालगायत विषय समेटिएको सञ्चारसम्बन्धी समसामयिक प्रस्ताव छलफलपछि पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?