देशको विकास र निकासका लागि कांग्रेसको जित आवश्यक : मन्त्री कार्की

लोकपथ
0
Shares

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास र निकासका लागि नेपाली कांग्रेस जित्नु आवश्यक रहेको बताएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका–३ मा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले कांग्रेसलाई विजयी गराउन आग्रह गरे । देशमा कांग्रेसको विकल्प नरहेको उनको भनाइ थियो ।

पार्टीको १४औँ महाधिवेशनमा भएको आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर स्थानीय तहको निर्वाचनसहित तीनवटै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउन उनले सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?