गैरआवासीय नेपालीका ज्ञान, सीप र पुँजीलाई उपयोग गर्न राष्ट्रपतिको आग्रह

लोकपथ
35
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पुँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गरेकी छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन)को १०औँ विश्व सम्मेलनलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैरआवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

उनले भनिन्, ‘तपाईहरुले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पुँजीलाई मुलुकको हितका लागि उपयोग गर्दै मुलुकको पर्यटकीय प्रचारप्रसार गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, मातृभूमिको पहिचानलाई विश्वभर फैलाउन र नेपालको समृद्धिका लागि खेलेको भूमिकाको म प्रशंसा गर्दछु ।”

राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारी, विनाशकारी भूकम्प जस्ता विपद् र अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेर एनआरएनएले आफ्नो भूमिका बढाएको र यो क्रमलाई अझ निरन्तरता पाउनुपर्नेमा जोड दिइन् ।

गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपालीले स्वदेशमा रोजगारी सिर्जना, लगानी वृद्धि र मानवीय सहयोगमा सकारात्मक भूमिका खेलेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?