सिंहदरबारमा नेपाल–चीन विदेशमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु

लोकपथ
49
Shares

काठमाडौं । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक सुरु भएको हो ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका छन् भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका छन् ।

बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठकपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?