काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बहुमतको सरकारलाई परामदेशको सरकार भन्नु कुतर्क रहेको बताउका छन्।
विगतमा भएका उपलब्धि गुम्ने खतरा भएपछि उक्त उपलब्धिको रक्षाका लागि अहिलेको पाँचदलीय गठबन्धन भएको मन्त्री पौडेलले बताएका छन् ।
नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले आज आयोजना गरेको बैचारिक एवं राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिजोका दिनमा भएका लोकतन्त्रसहितको गणतन्त्रलगायतको उपलब्धिहरु रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताए ।
उनले अहिले समृद्धिको लागि समाजवादी क्रान्ति आवश्यक रहेको बताउँदै माओवादीले ल्याएको परिवर्तनमा अन्य दलहरुले रजाइँ गरेको बताए ।
‘माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्वलगायत थुप्रै उपलब्धि भए, उपलब्धिहरु गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो’, मन्त्री पौडेलले भने ‘माओवादीकै उपलब्धिमा टेकेर माओवादीलाई नै गाली गर्नेहरुको कमी छैन, संविधानता जनप्रतिनिधले कुँ गर्न मिल्दैन दुई–दुई पटक संविधान मिचेर संसद अन्त्य गर्नेले उल्टै ठूला कुरा गरेको सुहाउँदैन ।’
उनले नेपालको पृष्टभूमिको सबैभन्दा ठूलो आन्दोलन जनयुद्ध भएको भन्दे यो कुनै पार्टीकेन्द्रित नभएर जनताकेन्द्रित भएको बताउँदै के पाइयो भन्दा पनि परिवर्तनका लागि अझै लागिरहन आम माओवादी नेता कार्यकर्तालाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया