उपकुलपतिमाथिको व्यवहार मानवअधिकार विरोधी

काठमाडौँ– नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालालाई गरिएको दुव्र्यवहारलाई नेपाली काँग्रेसले अपहरणको शैलीमा भएको भन्दै यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा क्यानाडामा हुन लागेको १७ औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने तथा आगामी दिनमा नेपालमै विश्व सम्मेलन गर्ने तयारीका लागि आवश्यक भूमिका निभाउने कार्यक्रम देशकै लागि महत्वपूर्ण भएपनि दुव्र्यवहार गरिएको भन्दै निन्दा गर्नुभएको छ ।

“सरकारले कार्यक्रमको महत्वलाई बुझ्न सकेन, यो घटनाले एकातर्फ सरकारको अनुदार चरित्रलाई थप प्रष्ट्याएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय मञ्चमा देशको छविलाई समेत असर पु¥याएको छ”–विज्ञप्तिमा भनिएको छ ।

सरकारको व्यवहारको निन्दा गर्दै प्राज्ञिक क्षेत्रसँगै आम नागरिकसँगको व्यवहार र शैलीलाई सच्याउन नसके आगामी दिनमा चुनौती सामना गर्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?