विश्वको दोस्रो छिटो ५० विकेट लिने खेलाडी बने सन्दीप

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ५० विकेट लिएका छन् । कप्तान सन्दीपले शनिबार पपुवा न्युगिनीविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पुरा गरेका हुन् ।

एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पुरा गर्ने सन्दीप पहिलो नेपाली खेलाडी बनेका छन् । उनले २२ खेलमा यो सफलता हात पारेका हुन् ।

यस्तै सन्दीप एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वका दोस्रो खेलाडी बनेका छन् । सन्दीपले भारतका अजित अगरकरको कीर्तिमान भंग गरे । अजितले यसअघि २३ खेलमा ५० विकेट पुरा गर्दै सर्वाधिक छोटो ५० विकेट लिने दोस्रो खेलाडी बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?