काठमाडौं । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) ले २ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो ।
नेपालका दिपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । ऐरी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बनेका छन् ।
दिपेन्द्रले देवले आफ्नो पहिलो अर्धशतक प्रहार गर्दै ७२ रनको इनिङ खेले । रोहित पौडेलले ३५ रनको बनाएका थिए । भिम शार्की २६ रनमा बोल्ड भए । कप्तान सन्दीप लामिछाने २४ रन बनाए ।
पीएनजीका नोरमान भानुअले ३ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया