काठमाडौं । सबै ठिकठाक हुँदो हो त सन्धिखर्क बजार आज झकिझकाउ हुने थियो । बजारमा बेग्लै उत्साह अनि उमंग हुने थियो ।
सन्धिखर्क बजारका करिव २० हजार जनतालाई पिउने पानी उपलव्ध गराउने सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता मूल संस्थाको शनिबार हुने भनिऐको साधारण सभा तथा अधिवेशन राजनितिक दलले नेतृत्व नटुंग्याईदिँदा अलपत्र परेको हो ।
गत १९ माघमा बसेको संचालक समितिको वैठकले संस्थाको अधिवेशन चैत १२ गतेका दिन भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको भएपनि राजनितिक दलहरुले नेतृत्व बाँडफाँटमा समय नदिएपछि अधिवेशन अलपत्र परेको अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले बताए ।
‘म त हाल बुटवल छु, धेरै बुझ्न पाएको छैनु’ , अध्यक्ष श्रेष्ठले भने, ‘अधिवेशन त हुन्छ होला आज सर्वदलीय बैठक बस्दैछ भन्ने सुनेको छु ।’
दलिय बाँडफाँट नमिलेका कारण अधिवेशन अनिश्चित भएको सचिव कमल प्रसाद घिमिरेले संकेत गरे । अधिवेशनको लागि आफुहरु तयारी अवस्थामा रहेको सस्थाका कार्यालय प्रमुख कृष्ण आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया