सामुन्द्रिक टापु होन्सुमा भिषण वर्षा, मृत्यु हुने संख्या ६० पुग्यो

जापान। जापानको पश्चिमी भागका विभिन्न क्षेत्रहरुमा निरन्तर भैरहेको वर्षाका कारण आएको बाढिमा परि मृत्यु हुनेको संख्या ६० पुगेको छ । 

पहिरो तथा पानीको उच्च बहावका कारण अन्य केही व्यक्ति हराइरहेको बताइएको छ ।  धेरैजना पहिरोमा परि मृत्यु भएको बिबिसीले जनाएको छ ।

करिव ४ लाख ७२ हजार घरपरिवारलाई सुरक्षित स्थानमा जान भनिएको छ । त्यस्तै प्रभावित क्षेत्रहरुमा आत्मरक्षा दल, प्रहरी तथा अग्नि नियन्त्रक कर्मचारीहरु गरि ४८००० जना खटिरहेक छन ।

हराइ रहेका मध्ये केहीलाई खोलाले बगाएको हुनसक्ने आशंका गरिएको छ । सामुन्द्रिक टापु होन्सुमा भिषण बर्षाका कारण आएको आँधीहुरी, पहिरो र बाढीमा परि सो संख्यामा हताहती भएको मौसम विभागलाई उदृत गर्दै जापानी सञ्चार माध्यमले जनाएका छन् ।

सो क्षेत्रमा इतिहासकै भिषण बर्षा भएको विभागको भनाई छ । त्यस्तै, राजधानी टोकियोबाट ६ सय किलोमिटर टाढाको शिकोकु टापुमा ५ सय ८३ मिलिमिटर बर्षा भएको छ ।  

भिषण बर्षाका कारण पश्चिमी शहर हिरोसीमा, ताकासीमा, यामागुची लगायत क्षेत्रका करीब १६ लाख मानिसहरु प्रभावित भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?