काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आइतबार पद त्याग गरेका छन् ।
सिइओ भुसालले आफ्नो साढे ८ महिना कार्यकाल सफल र उल्लासमय ढंगले बितेको उल्लेख गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिए ।
तर, आइतबार प्राधिकरणको कार्यकक्षमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा सिइओ भुसालले सरकारले पठाएको अवकास पत्र प्रति दुःख लागेको बताएका छन् । उनले सरकारले पठाएको पत्र पढेर सुनाउँदै आफूले गरेको काममा लागि धन्यवाद नदिँदा दुःख लागेको बताएका हुन् । पत्रमा सरकारले चालेको कदमको भने स्वागत गरेको उल्लेख गरेको छ ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०७४ भदौ १४ देखि फागुनसम्म नियुक्त गरेको सबै पदाधिकारीलाई सेवामुक्त गरेकोले त्यसमा आफ्नो कुने गुनासो नरहेको बताए । उनले भने, नयाँ सरकार बनेपछि पनि आफूलाई करिब पाँच महिना काम गर्न सहज वातावरण बनाइदिएकोमा धन्यवाद समेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया