गणतन्त्रपछि पनि आर्थिक विकास हुन सकेन : अर्थमन्त्री शर्मा

लोकपथ
126
Shares
u[xdGqL hgfb{g zdf{ d+unjf/ u[xdGqnodf kqsf/ ;Dd]ng u/L u[x k|zf;g ;’wf/ dfu{lrq ;j{hflgs ub}{ . tl:j/÷lgd]if h+u /fO{÷kf]i6

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताएका छन् ।

राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले सामाजिक न्याय र कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने बारेमा सबै राजनीतिक दलहरुमा आधारभुत एकरुपता हुनुपर्ने बताए । अर्थमन्त्री शर्माले अहिले शोधनान्तर घाटाको अवस्था ठूलो रहेको पनि बताए ।

मन्त्री शर्माले कोरोना महामारीका बीच पनि आर्थिक क्रियाकलापहरुमा वृद्धि भइरहेको बताए । उनले पछिल्लो समय आयात बढेको र उपभोग्य वस्तुको आयात, कृषिजन्य वस्तुको आयात अर्बौंमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?