१८ आश्विन २०७९, मंगलवार

कांग्रेसभित्र यसरी पकड जमाउँदै छन् गगन थापा

२०७८,चैत्र,११,शुक्रवार १५:४९

3.456k
Shares

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीसमेत रहेका पार्टीका युवा नेता गगन थापालाई निकै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक जस्तो महत्वपूर्ण जिम्मा दिएर थापालाई अगाडि बढाएका हुन् ।

पार्टीको १४औँ महाधिवेशनबाट थापा महामन्त्री बनेपछि प्रधानमन्त्रीसमेत रहेका देउवाले उनलाई पार्टी र सरकारका महत्वपूर्ण बैठकहरूमा सहभागी गराउँदै आएका छन् । युवा नेतालाई अगाडि बढाएपछि जनताले पनि विकास र समृद्धिको अपेक्षा गरेका छन् भने राजनीतिमा आफ्नो प्रतिनिधि निर्णायक बन्न पाएपछि उत्साह थपिएको युवा नेताहरू बताउँछन् ।

देउवाले थापालाई अगाडि बढाउने क्रममा अहिले पार्टीको अत्यन्तै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रमा पार्टीको नीति, योजना र कार्यदिशा समेटिने कांग्रेस नेता मीन विश्वकर्माले बताए ।

पार्टीको नीति योजना र कार्यदिशा नै थापाले बनाउने जिम्मा पाउनु भनेको पार्टी नेतृत्व हाँकेसरह नै हुन्छ । थापा संयोजक रहेको समिति गठनबारे आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल हुने नेता विश्वकर्माले बताए । करिब २० जनासम्म सदस्य संख्या रहनेगरी थापाले समिति गठन गर्ने कांग्रेसले जनाएको छ ।

जनताको माझमा दिन खोजेको सन्देश, अहिलेसम्म गरेका कामहरू, विकासका आधार र कार्यक्रम, मुलुकको समृद्धि र जनताको आवश्यकता, समस्या र पार्टीले जनतासमक्ष गर्ने प्रतिबद्धता समेटेर साझा घोषणापत्र तयार गर्ने कांग्रेसले जनाएको छ ।

यसरी तयार गरेको घोषणापत्र केन्द्रबाट जारी हुने र यसैको आधारमा स्थानीय उम्मेद्वारले प्रतिबद्धता व्यक्त गर्ने नेता विश्वकर्माको भनाइ छ ।

केही समयअघि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको कारण पेचिलो बनेको मुलुकको राजनीतिक परिस्थितिमा पनि थापाले निर्णायक भूमिका खेलेको कांग्रेस नेताहरूको बुझाइ छ ।

यस्तै सत्ता गठबन्धनको विषयमा पनि थापाले विभिन्न अभिव्यक्ति दिँदै आएका छन्। नेता थापालाई नजिकबाट चिन्ने नेताहरूले थापा कांग्रेस महामन्त्रीसँगै प्रतिनिधिसभा सदस्य पनि भएकाले देउवाले शीर्ष तहको छलफलमा सहभागी गराएको र अगाडि बढ्न सहयोग गरेको तर्क गर्छन् ।

पार्टीको १४औँ महाधिवेशनमार्फत महामन्त्री बनेलगत्तै थापा सर्वदलीय बैठकमा पनि सहभागी भएका थिए । उच्चस्तरीय छलफलमा सहभागी भएको हिसाबले पार्टी सभापति देउवाले महामन्त्री थापालाई विश्वास पात्रको रुपमा लिएको बुझ्न सकिन्छ ।

सभापति बनेलगत्तै देउवाले नयाँ पुस्तासँग कसरी सहकार्य गर्लान् भन्ने धेरैको चासो थियो । १४औँ महाधिवेशनमा नेता शेखर कोइराला नेतृत्वको समूहबाट चुनावमा होमिएका थापा भारी मतले महामन्त्री बनेका हुन् । थापा आफ्नै प्रतिस्पर्धी समूहबाट चुनावमा उठेर पार्टीमा महामन्त्री बने पनि देउवाले साथ दिन थालेका हुन् ।

हरेक विषयवस्तुलाई आकर्षक ढंगले उठान र प्रस्तुत गर्ने कलाले पनि थापा राजनीतिक वृत्तमा चर्चित छन् । २०५७ सालमा नेविसंघको उपाध्यक्ष बनेका थापा त्यसको दुई वर्षपछि नेविसंघको महामन्त्री पद सम्हालेका थिए । २०६२र६३ सालको जनआन्दोलनमा गणतन्त्रको मुद्दा अघि सारेपछि चर्चित बनेका थापा पहिलो संविधानसभाको समानुपातिक तर्फबाट सदस्य बन्न सफल भएका थिए । २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २०७८,चैत्र,११,शुक्रवार १५:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतल

हिन्दू धर्मावलम्बीहरुको महान चाड, दसैँ । जो हामीमाझ छ । उसो त विगतका २ वर्षभन्दा यसपालीको दसैँको चहलपहल राम्रै छ

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४