घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

लोकपथ
217
Shares

काठमाडौं । आफ्नै श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ (थापा)को हत्या गरेको अभियोगमा उनका श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्त बहादुर थापा रहेका छन् ।

घरायसी विवादको कारण भक्तले धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको हो ।

घाइतेलाई तत्काल उपचारको लागि चुनिखेलस्थित करुणा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?