११ चैत्र २०७९, शनिवार

सीमा नाकाबाट अवैधरुपमा पटका भित्रिँदै

२०७४,आश्विन,२७,शुक्रवार ०६:१५

0
Shares

वीरगञ्ज, २७ असोज ।हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु भएको छ ।नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्रियाउने गरेका छन् ।तस्करले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रौनगढ, कचौर्वालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको पाइएको छ ।क्यारियरवालाले भारतको रक्सौललगायतका भारतीय बजारबाट ती पटका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पु¥याएरबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पु¥याएबापत अधिकतम २०० प्रतिशतसम्म लिने गरेको वीरगञ्जको मीनाबजारमा भेटिएका एक यस्ता व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा राससलाई बताएका छन् ।ती क्यारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न सामान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको बताएका छन् ।अतिप्रज्वलनशील पदार्थका रुपमा रहेको पटका नेपाल भित्रिने गरेकोबारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीले भेटृाएसम्म पटका भने समात्ने गरेको दाबी गर्दै आएका छन् । खास गरी भारतबाट आउने मालबाहक सवारीसाधन जिप, कार, टाँगाजस्ता गाडीमा पटका लुकाइछिपाइ ल्याउने गरेको देखिन्छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११