विनिमयदर : डलरको भाउ १२१ रुपैयाँ, कुनको कति ?

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ७१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ ४१ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ९८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ एक पैसा कायम भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?