जिल्ला अदालत तनहुँले अभिनेता पल शाह र पीडित किशोरीबारे अमर्यादित र अश्लील ढंगले टिकाटिप्पणी नगर्न सचेत गराएको छ । बलात्कार अभियोगमा बिहीबार शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले आम सञ्चार माध्यम, कानून व्यवसायी र सर्वसाधारण सबैमा अनुरोध गरेको हो।
मुद्दा अदालतमा विचारधीन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेकाले अनुसन्धान, अभियोजन एवं न्यायिक काम कारवाहीको विषयमा र पीडित तथा प्रतिबादी लगायत निजहरुका परिवारजन समेतबारे अमर्यादित टिप्पणी नगर्न अदालतले भनेको हो।
‘प्रस्तुत मुद्दा यस अदालतमा विचारधीन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेको हुनाले अनुसन्धान, अभियोजन एवं न्यायिक काम कारवाहीको विषयमा र पीडित तथा प्रतिबादी लगायत निजहरुका परिवारजन समेत उपर अमर्यादित र अश्लील ढंगले टिका टिप्पणी नगरी दिनका निम्ति आम सञ्चार माध्यम, कानून व्यवसायी र सर्वसाधारण सबैमा यो इजलास विनम्र अनुरोध गर्दछ’, आदेशमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया