अड्कियो सदाचार नीति

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको राष्ट्रिय सदाचार नीतिको मस्यौदालाई चर्को कूटनीतिक आलोचना र सरोकारवालाको सुझावपछि अन्तरमन्त्रालय छलफलमा लगिएको छ ।

अघिल्लो महिना मन्त्रिपरिषद्मा लैजाने गरी तयारी अघि बढाएको भए पनि कूटनीतिक तहबाट दबाब र आलोचना भएपछि सरकारले पुनर्विचारका लागि छलफलमा लगेको हो ।

कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय दातृ निकायले सरकारका विभिन्न तहमा भेटघाट गरी छिमेकभन्दा बाहिरको विश्व आवश्यक नभएको हो कि भन्ने प्रश्न उठाएपछि सरकार हच्केको छ । सरकारले पछिल्लो समय छिमेक नीतिमा बढी ध्यान दिएको छ । तर, छिमेकबाटै समस्या आउँदा अन्तर्राष्ट्रिय समुदाय गुहारेको पक्ष भुलेको भन्दै शक्ति तथा दातृ मुलुक सरकारप्रति रुष्ट बनेका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?