संसदका महासचिवको सुविधा मुख्य सचिवसरह

काठमाडौं –संघीय संसदका महासचिवले सरकारका मुख्य सचिवसरह सुविधा पाउने भएका छन् ।

प्रतिनिधिसभाबाट हालै पारित संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिवको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी विधेयक, २०७५ मा यस्तो व्यवस्था गरिएको छ ।
कानुन्, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले विहीबार संसदमा प्रस्तुत गरेको विधेयकलाई बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?