तेस्रो कनेक्ट (इन) उद्यमशीलता कन्क्लेभ काठमाडौंमा

लोकपथ
56
Shares

काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंले चैत्र ९ गते काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) को आयोजना गरेको छ। भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस कनक्लेभको आयोजना गरिएको हो ।

यो कनक्लेभ वर्ष २०२२ को फेब्रुवरी महिनाको पहिलो हप्तामा गर्ने तय भएको थियो तर महामारीले निम्त्याएको विषम परिस्थितिका कारण यसलाई मार्च महिनामा सारिएको हो । यस कार्यक्रमको सह–आयोजकमा Clockb Business Innovations हो भने अन्य प्रमुख साझेदारहरुमा जीएमआर, टाटा मोटर्स, टाटा मेडीटेक र टुटल समावेश छन् ।

No description available.

कनेक्ट (इन)ले भारत र नेपालका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरुलाई एकै ठाँउमा ल्याई दुवै देशका नवीन पद्धति र उद्यमशीलतालाई प्रवर्धन गर्न मद्दत गर्दछ । भारत र नेपालका उद्यमशील प्रतिभाहरुलाई जोड्ने उद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सैयौं समस्या भएता पनि हामीसँग तिनीहरुलाई समाधान गर्ने क्षमता एवम् खुबी भएका हजारौं वौद्धिक प्रतिभा छन् भन्ने विश्वासलाई साकार तुल्याएको छ ।

तीनवटा संस्करणहरु मार्फत कनेक्ट (इन)ले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरु र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्या देखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीले कनेक्ट (इन) को तेस्रो संस्करणको उद्घाटन गरे। भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन यस अघिका दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिदै यो तेस्रो संस्करणको आयोजना गरिएको हो ।

No description available.

ई–कमर्श, जीवन विज्ञान, फिनटेक, शिक्षा प्रविधि, सामाजिक उद्यमशीलता, खाद्य प्रविधि तथा वित्तीय सेवाहरु जस्ता विविध क्षेत्रहरुमा क्रियाशील भारतका पाँच जनासहित करिब २५ जना उद्यमीहरुले उक्त कनक्लेभमा सहभागीता जनाएका थिए । कार्यक्रमको दौरानमा भएका छलफल तथा प्रस्तुतिबाट आकांक्षी उद्यमी, व्यवसायी, सञ्चारकर्मी तथा बैंकरहरु समेत गरेर करिब चार सय जना लाभान्वित भए । अझ त्योभन्दा बढी संख्याले सो कार्यक्रम लाइभ स्ट्रिममार्फत हेरेका थिए।

हालको संस्करणमा कनेक्ट (इन)ले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपका संस्थापकहरुका सङ्घर्षको कथालाई समावेश गरेको थियो । यी कथाहरुमा भारतको सबैभन्दा ठूलो सामाजिक ई–कमर्श र रिसेल पोर्टलहरु मध्येको एक मिशो (Meesho) तथा तथ्याङ्क विश्लेषण गर्दै जीवन विज्ञान र इन्जिनियरिङ्गबीच विद्यमान दूरी घटाउन प्रयासरत रहेको एक उदीयमान कम्पनी Elucidata रहेका थिए । नेपालबाट चिरपरिचित फिनटेक प्लेयर एफवन सफ्ट ग्रुप(F1Soft Group) तथा ई–कमर्श पोर्टल सस्तो डिल (Sastodeal) समावेश थिए ।

No description available.

कन्क्लेभमा तीनवटा टोली बनाई सुरुवाती चरणमा स्टार्टअपले झेलेका चुनौती, उद्यम पूँजीपतिको दृष्टिकोणमा स्टार्टअपको आर्थिक पक्ष र परम्परागत व्यापार व्यवसायमा प्रविधिको भूमिका लगायतका विषयमा केन्द्रीत भई छलफल गरियो । सो छलफल सत्रमा भारतबाट वित्तिय प्रविधि उद्यमका आर्थिक पक्षमा केन्द्रीत रही काम गर्ने लगानीकर्ता कम्पनी Yatra Angel Network र शैक्षिक ऋण प्रवाहको क्षेत्रमा काम गर्ने स्टार्टअप कम्पनी Credenc को सहभागीता थियो । नेपाली टोलीमा चिरपरिचित स्टार्टअप कम्पनीहरु टुटल, हात्तीहात्ती, पिक एण्ड ड्रप, प्याड टु गो र स्विट फिक्स तथा लगानीकर्ता कम्पनीहरु डोल्मा इम्प्याक्ट फण्ड र बिजनेस अक्सिजनले सहभागीता जनाएका थिए । कार्यक्रममा स्टाण्डर्ड चार्टर्ड बैंक र किङ्स कलेज काठमाडौंका वक्ताहरुको पनि उपस्थिति थियो ।
कनेक्ट (इन)प्रक्रिया : कनेक्ट (इन) कन्क्लेभका लागि वर्ष २०२१ को डिसेम्बर र २०२२ को जनवरीमा दाङ, सर्लाही र सुनसरी जिल्लाका विद्यालय लगायत नेपालका विभिन्न स्थानमा ‘प्रि–इभेन्ट एक्टिभेसन क्याम्प’ को संचालन गरिएको थियो ।

 

सो क्याम्पको संचालन पश्चात ८० जना युवा उद्यमीहरुले Incubation र Mentorship Module का लागि निवेदन दिएकोमा ती मध्ये २० जनालाई छनौट गरी वित्त, प्रशासन, कानून, लगानी तत्परता, विक्री, मार्केटिङ जस्ता विषयमा फेब्रुवरी र मार्च महिनामा प्रशिक्षण दिइयो । प्रशिक्षण लिएका यी २० जना उद्यमीशील युवाहरु अहिले शिक्षा, सामाजिक उद्यम, यात्रा र अथिति सत्कारका क्षेत्रमा कार्यरत छन् ।

गत मार्च महिनामा आइडिया अडिसनको आयोजना गरियो जसमा सहभागी २० जना युवा उद्यमीमध्ये चार जनालाई छनौट गरियो । छनौट भएका यी चार जना उद्यमीले कन्क्लेभमा लगानीका लागि अपिल गर्नेछन् ।

यसै वर्ष कनेक्ट (इन)कै हिस्सा अनुरुप दूतावासले पहिलो पटक २०७९ वैशाख ५ देखि ७ गतेसम्म ‘India@75 आइडियाथन’ को आयोजना गर्दैछ । हाम्रो दैनिक जीवनलाई प्रभाव पार्र्नेे तथा दुवै देशका नीतिनिर्माणमा अर्थ राख्ने चार महत्वपूर्ण क्षेत्रका चुनौतीहरु विरुद्घ प्रविधिमैत्री समाधान खोज्न नेपालका युवावर्गलाई त्यसमा संलग्न गराउने आइडियाथनको उद्देश्य रहेको छ ।

यी चार क्षेत्रहरु यस प्रकारका छन् :
-अन्तरदेशीय वाणिज्य
-कृषिबजार
-शहरी विकास
-सुशासन

काठमाडौंका विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन र मानविकी संकायका विद्यार्थीहरु क्ष्लमष्ब२ठछ आइडियाथनका सहभागीका रुपमा रहनेछन् । तीन दिनको अवधिमा सहभागीहरुले आ–आफ्नो टोली बनाई विभिन्न विषयमा विचार मन्थन गर्ने, एक आपसमा सहकार्य गरी फिल्डवर्कमा सहभागी हुने र माथि उल्लिखित चारवटा विषयमा पहिचान गरिएका समस्याहरुको समाधान आ–आफ्नो हिसाबले प्रस्तुत गर्नेछन् । प्रबुद्ध व्यक्तिहरुको एक निर्णायक मण्डलले २०७८ चैत्र ०६ गते विजेता टोली चयन गरी अवार्ड घोषणा गर्नेछ ।

भारत र नेपालका युवा उद्यमीलाई अझ नजिक ल्याई आकांक्षा र महत्वकांक्षालाई उपलब्धिसँग जोडी भारत र नेपालमा अर्थिक उन्नति तथा विकासका नयाँ ढोका खोल्नु कनेक्ट इनको तेस्रो संस्करणको उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?