१७ चैत्र २०७९, शुक्रवार

विधिको शासन कायम गराउन प्रहरीको भूमिका महत्वपूर्ण

२०७४,आश्विन,२७,शुक्रवार ०६:१०

0
Shares

पोखरा, २७ असोज ।नेपाल प्रहरीको ६२ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समाजमा विधिको शासन कायम गराउन प्रहरीको महत्वपूर्ण भूमिका हुनेमा जोड दिइएको छ ।शान्ति सुरक्षा, अमनचयन कायम गराउँदै सामाजिक विकृति, विसंगतिको अन्त्य गराउन नेपाल प्रहरीले महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउँदै वक्ताहरुले सरकारले प्रहरीको मनोबल उच्च हुने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले समाजमा शान्ति सु–व्यवस्थाका साथै सुशासन प्रवद्र्धन गर्न नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय भएको बताउँदै समयसापेक्ष सेवाको प्रभावकारिताको लागि प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बमले प्रहरीले समाजमा शान्ति सुरक्षा, सुशासन प्रवद्र्धनका लागि क्रयाशील बन्दै आएको बताउँदै जनतासँग सहकार्य गरी सामाजिक शान्ति सुरक्षाका हरेक कार्यमा आफूलाई सक्रिय पार्ने उल्लेख गरे ।उक्त अवसरमा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण, प्रहरीका विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार तथा सम्मान गरिएको थियो । 

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०६:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८