कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङमार्फत प्रवर्द्धन गर्ने

लोकपथ
65
Shares

भरतपुर । आजदेखि चितवन एक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृषि कर्जा मेला सुरु भएको छ । उक्त मेला चैत १२, २०७८ सम्म सञ्चालन हुनेछ ।

बिहीबार आयोजित उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’का एसिया प्यासीफीक प्रतिनीधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए । मूल्य श्रृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए ।

‘नबिल बैंकले दिगो बैंकिङ अगाडी बढाएको छ । त्यसको प्रमुख कार्यक्रम कृषि छ’, उनले भने, “‘म्रो उर्भर जमिन भोलि रहन्छ की रहँदैन, भोलिको दिनमा सन्ततीको भविष्यलाई नबिगारी अहिले विकास गर्ने हो । जुन दिगो विकास हो’, उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भए यति परिवर्तन नहुने दाबी गरे ।

‘कृषि क्षेत्रको विकासको लागि बैंकहरुले जति प्रभाव पारेको छ त्यो भन्न सकेको छैनौ । भोलिको दिनमा कृषि क्षेत्रको विकासमा परेको प्रभाव भन्न सक्नेगरी अगाडि बढौं’, उनले भने, ‘बैंकले निक्षेपकार्ताको पैसा फिर्ता हुनेगरी हेरेर लगानी गर्ने हो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्नेगरी मूल्य श्रृंखला निर्माण गरौं, बैंकले कृषिमा लगानी गर्छन् ।’

त्यस्तै सो कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’ मा नै समस्या रहेको बताए । शाहले आफ्नो अनुभव सुनाउँदै भने, ‘धेरै ठाउँमा जाँदा तपाइहरु किसानलाई कर्जा दिनु हुँदैन, बैंकले कर्जा दिएको भए किन युवा विदेश जानुपर्थ्याे । घरजग्गा र सेयरमा कर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्न भन्ने गरेको सुनिन्छ । नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसानसँग पठायौं, गाउँमा खेत त छ तर किसान साउदी, मलेसिया र जापानमा रहेछन् । जो किसान रहेछन् उनीहरुले पैसा रोपेर केही हुँदैन बीज चाहियो भन्ने रहेछन् बीज भए पुग्छ भन्दा मल पनि चाहियो, बिज र मल भएपछि हुन्छ भन्दा अब बजार पनि चाहियो भने गुनासो गरे, हाम्रो टिम आएर किसानलाई पैसा मात्रै दिएर नहुने रहेछ बीज, मल, पानि र बजारीकरण पनि चाहिने रहेछ भन्ने गुनासो आयो ।’

उनले बैंकहरु कर्जा दिन तयार भए पनि निक्षेपकर्ताको पैसा लगानी गर्दा त्यसको सावाँ र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए ।

‘कर्जा दिन बैंक तयार छौं तर, हाम्रो किसानले कर्जा लिएर ब्याज मात्रै हैन तिर्ने मात्रै हैन त्यसबबाट आम्दानी गर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझ्नु भएको छ’, उनले भने, ‘नबिल बैंक किसान र कृषिमा लगानी गर्ने भनेर अगाडि बढेका छौं । हामी प्रतिबद्धता जनाउँछौँ, तर जबसम्म लगानी गरेको पैसाको साँवा र पैसा फिर्ता आउँछ भनेर देखिँदैन तबसम्म लगानी गर्न समस्या हुन्छ ।’

बैंक भनेको निक्षेपकर्ताको पैसाबाट चल्ने भएकोले जबसम्म इकोसिस्टम बनेर त्यो पैसा मैले सुरक्षित देखिदैन कृषि क्षेत्रमा समस्या रहने उनले बताए । ‘अब त्यो ‘इको सिस्टम’ बनाउन बैंकहरु अगाडि बढ्छ । ५० हजार, ५ करोड र ५० करोडको लोन चाहिए पनि पछि हट्दैन । तर, हामी सावाँ र थारै ब्याज उठ्छ भन्ने वातावरण देख्न चाहन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?