गुल्मीको जंगलमा राइफल र सकेट बम भेटियो

गुल्मीको जंगलबाट प्रहरीले एक राइफल र तीन थान सकेट बम  बरामद गरेको छ । 

गुल्मीको मालिका गाउपालिका ४ स्थित  भीरखर्क भन्ने स्थानको जंगलमा लुकाएर राखिएको अवस्थामा प्रहरीले एकथान राइफल र सकेट बम बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका  एसपी अगुराग कुमार द्धिवेदीले जानकारी दिए । 

 उक्त हतियार अर्खाबाङ प्रहरी चौकीले नियन्त्रणमा लिएको बताईएको छ । 

हतियार तत्कालिन माओवादीको कम्ब्याट ड्रेसले बेरेर राखेको  तथा खिया समेत लागिसकेको पाइएकाले द्धन्द्धकालमै लुकाएर राखिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?