काभ्रेमा फेरी ट्रिपर दुर्घटना : घाइतेलाई काठमाडौं ल्याइयो

काभ्रे । काभ्रेको भैंसीपाटी पुलमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएको छ । 

बा२ख ७०९१ नम्बरको ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । 

घाइते चालकको शिर मेमोरियल अस्पतालमा सामान्य उपचार पछि चिकित्सकहरुले काठमाडौं रिफर गरेको प्रहरीले जनाएको छ । 

ट्रिपरले ठक्कर दिएको मोटरसाइकलको नम्बर भने खुलेको छैन ।

दुर्घटनापछि आक्रोसित भएका स्थानीयले ट्रिपरमा आगो लगाएका छन् । ट्रिपरसँगै नजिकै रहेको मोटरसाइकल पनि पूर्ण रुपमा जलेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?