विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?

लोकपथ
247
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ दुई पैसा र बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ आठ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर ३० रुपैयाँ २० पैसा र बिक्रीदर १३० रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ सात पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ २६ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ छ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८३ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ९७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?