भूमि व्यवस्थामन्त्री श्रेष्ठद्वारा गाउँ ब्लक पुर्जा वितरण

लोकपथ
0
Shares

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरिएको छ । साविक धरमपानी गाउँ विकास समितिअन्तर्गत वर्षौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई आज नापी कार्यालयले गाउँ ब्लक जग्गाको धनी पुर्जा वितरण गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले ४६ जग्गाधनीलाई पुर्जा वितरण गरेकी हुन् । सो अवसरमा मन्त्री श्रेष्ठले देशभर नापी भइसकेका गाउँ ब्लकका नागरिकलाई पुर्जा वितरण गर्ने अभियान सुरु गरिएको बताइन् ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोग गठन गरिएको र आयोगमार्फत सुकुम्बासीलाई लालपुर्जा प्रदान गरिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले ब्लकमा परेका व्यक्तिहरुलाई लालपूर्जा वितरण गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?