काठमाडौं । कर्णालीको जुम्लामा ८ दिन देखि आमरन अनसन डा. गोविन्द केसीको समर्थकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली हावा भरिएको बेलुन जस्तै भएको भन्दै उनीहरुले सरकारको चर्को आलोचना गर्दै हावा भररीएको बेलुन सियोले घोचिदिएपछि आफ्नो हैसियतमा आउने बताए ।
अनसनरत डा. केसीको समर्थनमा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री ओली ‘माफिया’को प्रवक्ता बनेको भन्दै डा. केसीको अनसन र माथेमा आयोगको प्रतिवेदनमा आधारमा आएको अध्यादेश तुहाएको आरोप लगाए । उनले भने ‘उखान टुक्काको विज्ञ त मानेकै थियौं, अब चिकित्सा शिक्षाको विज्ञ पनि भएछन् । किनभने मेडिकल माफियाले उनको कान फुकेका छन् ।’
डा. केसी र गंगामायाहरुलाई अनसनमै मार्न खोजेको आरोप लगाउदै उनले भने, ‘सरकारले मरे पनि मरोस्, हाइसञ्चो हुन्छ भन्ने ठानेको छ, यो पुरा हुन दिन्नौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया