सिराहा । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्य नजर गर्दै सिराहा जिल्ला प्रशासन कार्यालय सिराहाले हातहतियार बुझाउन सूचना जारी गरेको छ ।
चैत मसान्तभित्र जिल्ला भरी इजाजत लिइराखेको हातहतियार बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् ।
तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओ कवारीले सचेत गराएका छन् । सिराहा जिल्ला भरिमा व्यक्तिगत रूपमा इजाजत लिइराखेका जम्मा तीन सय दुई वटा हातहतियार रहेको सीडीओ कवाडीले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया