नुवाकोटमा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश

लोकपथ
490
Shares

नुवाकोट । स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै देशभर पार्टी प्रवेशको लहर चलेको छ ।

एक पार्टीमा आस्था राख्नेहरु अर्को पार्टीमा प्रवेश गरेको तस्बिर र समाचारहरु सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा आइरहेका छन् ।

नुवाकोटमा पनि विभिन्न स्थानीय तहमा एक पार्टी छाडेर अन्य पार्टीमा प्रवेश गर्नेहरुको ताँती चल्न थालेको छ ।

सो क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिकामा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

बुधबार बेलकोटगढी नगरपालिका वडा नं. ४ दस्तर पेटारेका नेपाली कांग्रेसका नेता ठुलो कान्छो गुरुङको नेतृत्वमा ३३ जना तथा नेकपा माओवादी केन्द्र सिउरेनी टोल कमिटी अध्यक्ष इशाक तमाङ्गको नेतृत्वमा २९ जना र स्वतन्त्र ११ जना गरी ७३ जना स्थानीय नेता तथा कार्यकर्ता कांग्रेस तथा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।

नवप्रवेसीहरूलाई नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष, बागमति प्रदेशसभा सदस्य, पूर्वमन्त्री केशव राज पाण्डे, तथा बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्र रमण खनाललगायतले स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा एमाले जिल्ला कमिटि सचिव सुदर्शन नेपाल, एमाले जिल्ला कमिटी सदस्यद्वय नमराज तिवारी, राजु तिवारी नेकपा एमाले बेलकोटगढी नगर कमिटी अध्यक्ष रुपा सापकोटा स्थानीय नेता शालिकराम पौडेल, पर्शुराम पौडेल, दामोदर पुडासैनी, रामशरण सुवेदी, बच्चु भुजेल, दिनेश गुरुङ, सुनिल तमाङ, अनिल तामाङ, सुमन गोलेलगायत नेताहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?