बैंकिङ कसुर मुद्धाको फरार प्रतिवादी पक्राउ

लोकपथ
154
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्धाको फरार प्रतिवादी रगुन खड्के पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) का अनुसार मकवानपुर जिल्लाको साविकको हेटौडा नगरपालिका वडा नं ३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं १७ क्षेत्रपाटी बस्ने ३८ बर्षिय खड्केलाई बैंकिङ कसुरको अभियोगमा बुधबार काठमाडौंको भिमसेनगोलाबाट पक्राउ गरिएको हो ।

सिआईबीका अनुसार खड्केले महालक्ष्मी बिकास बैंकको न्युरोडमा रहेको आफ्नो नाउँको खाताबाट रकम भुक्तान हुने भने पर्याप्त रकम नभएको चेक जानी जानी झुक्यानमा पारी जाहेरवालालाई दिएको र सो चेक भुक्तान हुन नसकेपछि उच्च अदालत पाटनले विसं २०७७ फागुन नौ गते प्रतिवादी खड्केलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम ३६ लाख रुपैयाँ जरिवाना र सात दिन कैदको फैसाल सुनाएको थियो ।

सो पश्चात फरार रहेका खड्केलाई सिआईवीको फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले पक्राउ गरेको हो । खड्केलाई बुधबार नै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सिआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?