चैत महिनाभित्र इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह

लोकपथ
84
Shares

सिरहा । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउँन सूचना जारी गरेको छ ।

इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् ।

तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओे कवारीले सचेत गराएका छन् ।

सिरहामा व्यक्तिगत रुपमा इजाजत लिइ राखेका जम्मा तीन सय दुई वटा हातहतियार रहेको सीडीओ कवारीले जनएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?