जनावरको छालाबाट बनाइन्थ्यो फुटबल, अन्तत ‘एडिडास’ यसरी हावी भयो

काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय खेलको रुपमा ‘फुटबल’ लाई लिँदै आइरहेको छ । 

फुटबललाई नेपालीमा भकुन्डो भनिए तापनि अरु राष्ट्रहरुमा ‘सकर’ पनि भन्ने गरिन्छ । अमेरिका लगायत केही राष्ट्रहरुले पनि फुटबललाई ‘सकर’ नै भन्दै आइरहेका छन् । 

१५ औं शताब्दीदेखि फुटबल खेल्न थालिएपनि १९ औँ शताब्दीमा आएर मात्र यो खेलको विकाश ब्रिटेनबाट भएको हो । 

सन् १९८३ मा बनाइएको ‘लव्ज अफ दी गेम’ को आधारमा नै अहिले पनि फुटबल खेल खेलाइदै आइरहेको छ ।

विश्व फुटबलको महासंघ फिफाले सबै फुटबल सम्बन्धी प्रतियोगिता र गतिविधिलाई  नियन्त्रणमा राख्दै कार्यक्रमहरु गर्दै आइरहेको छ । प्रत्येक चार–चार वर्षमा आयोजना हुने विश्वकप फुटबल फिफाको सबैभन्दा महत्वपूर्ण र ठूलो प्रतियोगिता हो । 

प्रतियोगितामा खेलिने बल १९ औँ शताब्दीमा छालाबाट बनाइन्थ्यो । त्यतिबेला मरेको जनावारको छालालाई भकुन्डोको आकार दिएर छालाले नै सिलायर बनाइने गरिने खेल विज्ञहरुले बताए । 

सन् १८७२ मा सम्पन्न मैत्रिपूर्ण खेलमा इंग्ल्याण्ड र स्कटल्याण्ड भिडेको थियो । त्यतिबेला पनि छालाबाट निर्मित बलको नै प्रयोग भएको थियो । तर, अहिले २१ औँ शताब्दीसम्म आइपुग्दा फुटबल खेल मात्र नभएर बलको स्वरुप र आकारमा पनि धेरै परिवर्तन आइसकेको छ । 

अहिले बजारमा विभिन्न नाम चलेका कम्पनीको लोगो अंकित बलहरु प्रशस्त रुपमा पाइन्छ । जारी फिफा विश्वकपमा अहिले ‘एडिडास’ लोगोको बल खेलाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?