काभ्रेमा नेकपा एमालेका प्रभावशाली नेताहरु कांग्रेसमा प्रवेश

लोकपथ
455
Shares

काठमाडौं । नेकपा एमालेका प्रभावशाली जिल्लानेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकद्धारा धुलिखेलमा आयोजित एक विशेष कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई पार्टीको सदस्यता वितरण गरेका हुन् ।

प्रवक्ता डा. महतले देशको विकास र जनताको सुख समृद्धिको लागि काम गर्ने पार्टी नै नेपाली कांग्रेस भएकोले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न उनीहरुले लिएको निर्णयको सही भएको बताए ।

उनले नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, नीति तथा कार्यक्रमबाट आकर्षित भएर पार्टीमा प्रवेश गरेका राजनीतिकर्मीलाई स्वागत गर्दै शुभकामना पनि दिएका थिए ।

कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईले दिएका जानकारीअनुसार नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाईँसहित पूर्वगाबिस अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष विष्णुबहादुर बस्नेत, निर्वाचित वडा सदस्य तथा धुलिखेल एमाले नगरकार्यपालिका सदस्य उपेन्द्र हुमागाईँ, नेकपा एमालेका नेता माधबमणि हुमागाई, जिल्ला सदस्य मुरारी हुमागाईँ, एमाले नगरपालिका सदस्य पुरुषोतम बस्नेत, नगर एमाले नगर सदस्य यादब गौतम, धनञ्जय हुमागाई, अर्जुनबहादुर भुजेल, रामकृष्ण भुजेललगायत सयौंको संख्यामा नेकपा एमालेलगायत विभिन्न पार्टी परित्याग गरेका राजनीतिककर्मीहरु नेपाली कङ्ग्रेसमा प्रवेश गरेका छन् ।

हुमागाईँ तत्कालिन जिल्ला विकास समितिका सदस्य तथा नेकपा एमालेका पूर्वक्षेत्रीय अध्यक्ष रहिसकेका छन् । उनी नेकपा एमालेका प्रदेश कमिटी सदस्य पनि थिए ।

तीन दशक लामोसमयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुमागाइँँ भूमि आयोग काभ्रेका जिल्ला संयोजक समेत रहेका थिए ।

स्थानीय निर्वाचनको मुखमा एमालेका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेकोले धुलिखेलसहित समग्र काभ्रे जिल्लामा नेपाली कांग्रेसलाई फाइदा हुन पुगेको छ । केही दिनअघि मात्रै धुलिखेल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष निराजन जंगमले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?