मोहन वैद्यको मोर्चा पनि डा. केसीको समर्थनमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई “अधिनायकवादी”को आरोप लगाउने सरकारको दृष्टिकोण पूर्वाग्रही रहेको आरोप लगाएको छ । 

शनिबार मोर्चाका अध्यक्ष सीपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षामा खतरा पैदा हुने सम्भावना बढेको अवस्थामा उनले उठाएका जायद मागहरु पूरा गर्न सरकारसँग माग गरेका छन् । साथै उनको जीवन रक्षामा कुने पनि किसिमको लापरबाही नगर्न समेत सरकारलाई चेतावनी दिएका छन् ।  

डा. गोविन्द केसीले विगतमा स्वास्थ र शिक्षा क्षेत्रमा भएका विसंगतिहरुका विरुद्ध बसेका अनशनमा सरकारले पुरा गर्ने सहमति गरेका विषयहरु समेत उल्टाउने गरी ओली नेतृत्वको सरकारले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक” कै भुमिका खेल्ने “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक”लाई संसद सचिवालयमा दर्ता गर्नुले आगोमा घिउ थप्ने काम गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ । 

कर्णालीको जुम्लामा एक हप्ता देखि डा. केसी अनशनमा छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?