लागुऔषधसहित २ जना पक्राउ

लोकपथ
252
Shares

काठमाडौं । काठमाडौंको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका वडा नं.५ फर्पिङ चेकपोष्टमा चेकजाँच गर्ने क्रममा हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना १ ज ३९९१ नं. को भाडाको टाटा सुमोलाई चेकजाँच गर्दा उक्त टाटा सुमोमा सवार २ जनालाई प्रहरीले पक्राउ गरेको हो

पक्राउ पर्नेमा झापाको बिर्तामोड न.पा.वडा नं.०६ घर भई काठमाडौंको मच्छेगाउँ बस्ने बर्ष ३१ को विनोद चौधरी र पर्सा वीरगञ्‍ज म.न.पा.वडा नं.२९ घुर्मी घर भई काठमाडौं कलंकी बस्ने वर्ष २० को रमेश यादव रहेका छन्।

उनी ब्यागमा सेतो प्लास्टिकले बेरेको अवस्थामा लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको पदार्थ लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त घटनाका सम्बन्धमा उनीहरु विरुद्ध उपर लागूऔषध नियन्त्रण ऐन,२०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?