लमजुङ । बेसीसहर नगरपालिका-१० खाँचेमा स्थानीयको सक्रियतामा आमा समूहको भवन निर्माण गरिएको छ ।
स्थानीयको अग्रसरतामा २७ लाख लगानीमा प्रगति ज्योति नागरिक आमा समूहको भवन निर्माण भएको हो ।
भवन निर्माण कार्यक्रमका संयोजक सोमबहादुर तामाङका अनुसार बेसीसहर नगरपालिकाको ७ लाख, आमा समूहको ५ लाख र १५ लाख चन्दा संकलन गरी भवन निर्माण भएको हो ।
भवनसँगै चार कोठे शौचालय निर्माण भएको छ । शौचालयका लागि स्थानीय पसबहादुर तामाङले ७ लाख रुपैयाँ सहयोग गरेका थिए ।
भवनको उद्घाटन गर्दै बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले सामाजिक कार्यक्रमका लागि भवनले सहयोग गर्ने बताए । बैठक, भेला, विवाह, पुटपुटेलगायतको कार्यक्रम सञ्चालनका लागि भवन अति आवश्यक रहेको बताए ।
नगरपालिकाले सामुदायिक भवनलाई प्राथमिकतामा राखेर नगरपालिकाभित्र दुई सयवटा भवन निर्माण गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया