महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा प्रतीक्षालय निर्माण

लोकपथ
91
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जालपा माध्यमिक विद्यालयलाई प्रतीक्षालय निर्माण गरेर हस्तान्तरण गरेको छ ।

जालपा माध्यमिक विद्यालयको प्राङ्गरणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई प्रतीक्षालय निर्माणपछि हस्तान्तरण गरिएको कुरा यस बैंकको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी गराए ।

विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई घाम पानीबाट बच्न सजिलो होस् भन्ने उद्देश्यले बैंकले प्रतीक्षालय निर्माण गरेको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक उत्तम बहादुर मल्लले विगतदेखि नै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणीय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?