किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
13
Shares

पर्सा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोईरीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

कोईरीले ती किशोरीलाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी नयाँ-नयाँ स्थानमा घुमफिर गराउने वहाना बनाई आफूसँग लगि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने जाहेरी दर्खास्त प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका-१३ बाट पक्राउ गरको हो ।

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?