प्रचण्डका दुःख

काठमाडौँ– शक्तिशाली पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  जति शक्तिशाली छन्, त्यति नै उनका दुःख पनि छन् । उनले थुप्रै दुःखबीच आफ्नो राजनीतिक यात्रालाई अघि बढाएका छन् । ‘चार दशकभन्दा बढी सीताले साथ दिनुभयो, यस पटक म उपचार हुँदासम्म सँगै यहीं बस्छु,’ दाहालले सिंगापुरमा पत्नी सीताको उपचारका लागि १५ दिन सिंगापुर बस्दा भनेका थिए । कान्तिपुरमा खबर छापिएको छ ।

त्यहाँ छोरी गंगा र भतिज समीर सँगै भए पनि उनले सीताको उपचारमा पूरै समय दिए । केही महिनाअघि समीरले उपचारका लागि सीतालाई दिल्ली लगेका थिए । त्यसबेला दाहाल त्यतै बसेका थिए ।

हाल दाहाल दिउँसो राजनीतिमा सक्रिय भए पनि बिहान र बेलुका सीताको रेखदेखमा विशेष ध्यान दिन्छन् । सीताको स्वास्थ्यका लागि विशेष ख्याल गरेको परिवारका एक सदस्यले बताए ।

सिंगापुरमा उपचारपछि सीताको स्वास्थ्यमा सुधार भयो । दाहालले पत्नीसँगै सिंगापुरका पर्यटकीय स्थलको भ्रमण पनि गरे । सीताको अनुहारमा पनि खुसी देखियो । त्यसले दाहाललाई ऊर्जा थप्यो ।
गत ३ मंसिर २०७४ छोरा प्रकाशको मृत्यु भएपछि दाहालको दाहिने हात भाँचिएजस्तै भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?