बैंक अफ काठमाण्डूले सुरु गर्‍यो हेल्पलाइन सेवा

लोकपथ
169
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाइन सेवा सुचारु गरेको छ ।

बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाइन स्थापना गरेको हो ।

यस हेल्पलाइन सेवाअन्तर्गत ग्राहकहरुले बैंकको कुनै पनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्ने बैंकले जनाएको छ ।

बैंकको मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम तथा पीओएसको कारोबारमा केहि समस्या आएमा बैंकका ग्राहकहरुले हेल्पलाइन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना [email protected] बाट सिधै सहयोग लिन सक्नेछन् ।

बैंकले सार्वजनिक गरेको यस हेल्पलाइन सेवाले ग्राहकहरुको बैंकिङ कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?